६ सयले बढ्यो सुनको मूल्य

सोमबार, चैत २६, २०८०

काठमाडौं । नेपाली बजारमा सोमबार(आज) पनि सुनको भाउ बढेको छ । 
आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । आज सुन तोलाको एक लाख ३६ हजार २ सय रुपैयाँ पुगेको छ । हिजो भने सुनको भाउ तोलाको एक लाख ३५ हजार ६ सय रुपैयाँ रहेको थियो । 
त्यस्तै, आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।
चाँदीको भाउ पनि आज १५ रुपैयाँ बढेर एक हजार ६ सय ८५ रुपैयाँ पुगेको छ ।  हिजो चाँदी तोलाको एक हजार ६ सय ७० रुपैयाँ रहेको थियो । 
 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार