उपनिर्वाचन : आयोगले उजुरीमाथि छानबिन गरी आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने 

सोमबार, चैत २६, २०८०

काठमाडौं । आगामी बैशाखमा हुने उपनिर्वाचनका लागि उमेदवारी दिएका उमेदवारविरुद्ध परेका उजुरीमाथि  आज नर्वाचन आयोगले छानबिन गर्ने भएको छ । 
आयोगको कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय तोकिएको थियो । हिजो अपराह्न ३ बजेपछि २६ गते ९आज० बेलुका ५ बजेसम्ममा आयोगले उम्मेदवार विरुद्ध परेका उजुरीमाथि छानबिन गर्दै छ । 
उजुरी उपर छानबिनपछि आयोगले सोमबार बेलुका उमेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची तय गरेको छ । 
 यस्तै, आयोगले उम्मेदवारलाई भोली मंगलबार ९२७ गते० बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिएको छ । आयोगले मंगलबार दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।
आयोगले २०८१ वैशाख १५ गते रिक्त रहेको इलाम २ र बझाङ १ ९१० प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गराउन लागेको हो । उपनिर्वाचनका लागि इलाम–२ मा २० जना र बझाङ १ ९१०मा १२ जनाले उमेदवारी दर्ता गराएका छन् ।


 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार