संसद्मा पार्टीको भूमिकाबारे छलफल गर्न देउवाले बोलाए बैठक

सोमबार, चैत २६, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा पार्टीको भुमिकाबारे छलफल गर्न पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । बैठक सभापति देउवाको निवासमा सोमबार विहान ८ बजे बस्दैछ । बैठकमा सहभागिताका लागि वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई बोलाइएको उनको सचिवालयले जनाएको छ । 
सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि नै आरोप लागेको भन्दै त्यसबारे छलफल गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध सिर्जना गर्दै आएको छ । कांग्रेसको अवरोधका कारण गृहमन्त्री लामिछानेले संसद्मा सम्बोधन गर्न पाएका छैनन् । 
सभापति देउवाले संसद्मा पार्टीको भूमिकाबारे नेताहरूसँग छलफल गर्न लागेका हुन् । यसअघिको बैठकमा कांग्रेसले संसदीय समिति गठन गर्नका लागि सरकारलाई अल्टिमेटम दिएको थियो । 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार