सन्दीप लामिछानेको मुद्दामा प्रत्यर्थी झिकाउन आदेश

शुक्रबार, चैत २३, २०८०

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनले प्रत्यर्थी झिकाउन आदेश गरेको छ ।
काठमाडौं जिल्ला अदालतबाट गत पुस २५ मा भएको फैसलाविरुद्ध सन्दीप फागुन १० गते पुनरावेदनमा गएका थिए ।
सरकारी वकिल पनि सन्दीपको मुद्दामा पीडित गौशाला–२६ नाबालिग नभएको फैसलाविरुद्ध चैत २ मा पुनरावेदनमा गएको थियो । 
सरकारी वकिलले पीडित गौशाला–२६ नाबालिग नै भएको भन्दै सन्दीपलाई हैदसम्मको अर्थात् १३ वर्ष कैदको माग दाबी गरेको छ ।
शुक्रबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासमा दुवै पुनरावेदनमाथि सुनुवाइ भएको थियो । संयुक्त इजलासले दुवै पुनरावेदनमा एउटौ ‘प्रत्यर्थी झिकाउन’ आदेश गरेको हो ।
 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १९:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार