१२ सवारी चालक प्रहरी कारबाहीमा 

शुक्रबार, चैत २३, २०८०

हेटौँडा । मकवानपुरका विभिन्न स्थानबाट तोकिएको भन्दा बढी वजन (ओभरलोड) बोक्ने १२ वटा सवारी साधनका चालक प्रहरीको कारबाहीमा परेका छन् । 
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पूर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा शुक्रबार दिउँसो प्रहरी चेकिङका क्रममा ओभरलोड बोक्ने ट्रक, टिपर लगायतका सवारीलाई  कारबाही गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पशुपतिनगरको अनुगमन टोलीले हेटौँडा उपमहानगरपालिका–९ स्थित मास्टर चोकमा गरेको जाँचका क्रममा तोकिए भन्दा धेरै लोड बोकेका  १२ वटा सवारीलाई कारबाही गरेको जनाएको हो ।
केही दिन अगाडि हेभीलोड बोकेको टिपरबाट ढुङ्गा झरेर सडक दुर्घटना भएपछि स्थानीयले विरोध गर्दै आइरहेका थिए। 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार