अभिनेत्री हन्टर भन्छिन–ट्रान्सजेन्डर चरित्रमा अभिनय गर्न चाहन्नँ

बिहीबार, चैत २२, २०८०

काठमाडौं । ‘युफोरिया’ अभिनेत्री हन्टर स्याफरले आफूले अब ट्रान्सजेन्डर चरित्रमा अभिनय गर्न नचाहेको बताएकी छन् । एचबीओको हिट टिन ड्रामा ‘जुल्स भन’बाट ‘ट्रान्सजेन्डर स्टार’का रुपमा परिचित उनले अब फरक चरित्रमा अभिनय गर्न चाहेको बताएकी हुन् । 
‘मैले आफ्नो स्थानमा पुगेर धेरै मेहनत गरें । मैले यो संक्रमणकालमा साँच्चै कठिन विन्दुहरु पार गरें र अब म केटी बनेर अगाडि बढ्न चाहन्छु’, उनले भनेकी छन् ।
उनले ‘ट्रान्स अभिनेत्री’का रुपमा चिनिनु आफ्नो लागि ‘अपमानजनक’ रहेको उल्लेख गरेकी छन् । ‘मलाई ट्रान्स चरित्रमा धेरै अफर आएका छन् । म यो गर्न चाहन्नँ र यसबारे कुरा गर्न पनि चाहन्नँ’, उनले भनेकी छन्, ‘मलाई यो तथ्य पनि थाहा छ कि मिडियामा म अहिले सबैभन्दा लोकप्रिय ट्रान्स व्यक्तिहरुमध्ये एक हुँ र म जिम्मेवारीको भावना महशुस गर्छु । प्रवक्ता नहुँदा पनि अलिकति दोषी महशुस गर्छु ।’
हलिउडमा कास्टिङको बारेमा लामो समयदेखि बहस चलिरहेको छ । विशेषत ट्रान्स चरित्रमा वास्तविक जीवनमा ट्रान्सजेन्डर भएकै व्यक्तिले निभाउनुपर्ने ट्रान्सजेन्डर समुदायमा धेरैले तर्क गरिरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार