पेस्तोल सहित समातिए प्रशान्त

शुक्रबार, चैत १६, २०८०

काठमाडौं । ताप्लेजुङ फुङलिङका प्रशान्त पराङदेवा लिम्बु अवैध पेस्तोल सहित काठमाडौंको सरस्वतीनगरबाट समातिएका छन् । 
जिल्ला प्रहरी परिसर काठमाडौंले गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गरेको अभियोगमा प्रशान्तलाई पक्राउ गरेको जनाएको छ । 
हाल काठमाडौ महानगरपालिका वडा नं। ०६ सरस्वतीनगर बस्ने गरेका २८ वर्षका प्रशान्तले कपन क्षेत्रमा शंकास्पद गतिविधिहरु गरेको सूचना पाएपछि उनलाई पेस्तोलसहित समातिएको प्रहरीको भनाई छ । 
प्रशान्तले आफ्नो निवासमा कटुवा पेस्तोल थान १, धारिलो चक्कु थान २, फलामको हम्बर थान १, मोबाईल थान २ पनि राखेकोमा प्रहरीले बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार