आजदेखि एसइई परीक्षा, दुई हजार ६४ केन्द्रमा पाँच लाख परीक्षार्थी सहभागी हुँदै 

बिहीबार, चैत १५, २०८०

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदै छ । बिहीबार बिहान ८ बजेदेखि सुरु हुने परीक्षाका लागि देशभर दुई हजार ६४ केन्द्र तोकिएका छन् । परीक्षामा देशभरका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । 
काठमाडौं जिल्लामा सबैभन्दा बढी एक सय २७ परीक्षा केन्द्र छन् भने मनाङ र मुस्ताङमा सबैभन्दा कम एक–एक परीक्षा केन्द्र छन् । काठमाडौंमा ३८ हजार आठ सय ३१, मनाङमा ४३ र मुस्ताङमा एक सय सात विद्यार्थी एसइईमा सहभागी हुँदै छन् ।  
परीक्षा सञ्चालनका लागि ७७ हजार पाँच सय जनशक्ति परिचालन गरिएको छ । 
२७ चैतसम्म सञ्चालन हुने परीक्षा सकिएपछि देशभरका ६० परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण हुनेछ । परीक्षण केन्द्रमा उत्तरपुस्तिका पु¥याउने र नतिजा सार्वजनिक नहुँदासम्म सुरक्षा दिने जिम्मा प्रहरीकै रहने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०६:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार