नेपाल संवत् सफ्टवेयर र मोबाइल एपमा 

मंगलबार, चैत १३, २०८०

काठमाडौं ।  राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल संवतको ‘तिथिमिति डट कम’ सफ्टवेयर र ‘नेपाल संवत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरेको छ । प्रधानमन्त्री कार्यालयमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ र स्पाइरालोजिक्स इन्टरनेसनलका मुख्य इञ्जिनियर अरुण थापाले उक्त सफ्टेयर र एप हस्तान्तरण गरेका हुन् ।

 Photos-(2)-1711411708.jpeg

सो अवसरमा प्रधानमन्त्री दाहालले नेपाल संवतको गणना अलिक जटिल ठानिएकोमा अब सहज हुने विश्वास व्यक्त गरे । उनले भने, ‘नेपाल संवतलाई कार्यान्वयन गर्नका लागि यसलाई अझै व्यवस्थित गर्नुपर्नेछ, अब यो एप कार्यान्वनमा जान्छ ।’  सो सफ्टवेयर सञ्चालनमा आएसँगै विश्वको जुनसुकै स्थानबाट एकसाथ नेपाल संवत्, विक्रम संवत् र इस्वी संवत् प्रयोग गर्न सकिने छ । यसलाई ल्यापटप र डेस्कटपमा पनि डाउनलोड गरेर अफलाइनमा पनि प्रयोग गर्न सकिने प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले बताए । 


उनले यो सफ्टवेयरबाट नेपाल संवतसँगै विक्रम संवत् र इस्वी संवतको सयौं वर्ष अगाडि र पछाडि गएर बार, गते, वर्ष एवं तिथि हेर्न सकिने बताए ।
वर्तमान सरकारले नेपाल संवतलाई अनिवार्य रुपमा सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय  गरिसकेको अवस्थामा उक्त एप तथा सफ्टवेयरले सहयोग हुने विश्वास लिइएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०५:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार