फोटोबाट क्रान्तिको सुरुवात हुन्छ : उपसभामुख

सोमबार, चैत १२, २०८०

काठमाडौं । चिनियाँ गान्सु फोटोग्राफरहरूले नेपालमा चीनका विभिन्न स्थानको फोटोहरु प्रदर्शनी गरेका छन् ।  सोमबार ललितपुरको पाटन म्युजियममा ‘उपत्यकाको उत्तरबाट आएको हावा’ नामक प्रदर्शनी भएको हो । प्रदर्शनीमा ४० वटा फोटोहरु राखिएको थियो । 


उक्त प्रदर्शनीमा उपसभामुख इन्दिरा राना मगरले फोटोबाट क्रान्तिको सुरुवात हुनसक्ने भन्दै यस्तो प्रकारको प्रदर्शनीले एकअर्कामा सहकार्य गर्न र सम्बन्ध सुधार गर्न सहयोग गर्ने बताईन् ।  
उनले भनिन्, ‘फोटो आफैं बोल्छ भने जस्तै फोटोहरुको माध्यमबाट पनि धेरै परिवर्तनहरु गर्न सकिन्छ । क्रान्ति गर्न सकिन्छ । यस्तो प्रकारको कामले एकअर्कामा सहकार्य गर्न र सम्बन्ध सुधार गर्न पनि सहयोग गर्छ ।’ 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार