अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते 

सोमबार, चैत १२, २०८०

अछाम । अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनासथलमै मृत्यु भएको छ । दुर्घटनामा परि थप तीन जना घाइते भएका छन् । जिल्लाको मेल्लेख गाउँपालिका–७ नन्देगडाको सुयडीमा आज बिहान भएको ट्याक्टर दुर्घटनामा परि मेल्लेख गाउँपालिका–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए ।  शोडषाबाट साँफेबगरतर्फ जाँदै गरेको ०१–००२ त ४९७९ नम्बरको ट्याक्टर सोमबार बिहान सुयडी नजिकै दुर्घटना भएको उनले बताए ।  दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र एक बालक घाइते भएका प्रहरी निरीक्षक साउदले बताए । मृघाइते तीनैजनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार