हिमानी कोषले आयोजना गरेकोे ‘महाजात्रा’ हेर्न पूर्व वडामहारानी कोमल 

दलचोकी स्वास्थ्य चौकी ललितपुरलाई स्वास्थ्य उपकरण जुटाउन प्रिमियर शो
शनिबार, चैत १०, २०८०

ललितपुर । सामाजिक क्षेत्रमा सक्रिय रहेको हिमानी कोषले ललितपुरको कोन्ज्योस्योम गाउँपालिकामा पर्ने दलचोकी स्वास्थ्य चौकीलाई आवश्यक पर्ने स्वास्थ्य उपकरण जुटाउन पहल सुुरु गरेको छ । 
स्वास्थ्य उपकरण खरिद गर्नका लागि आवश्यक रकम जुटाउने उद्देश्यले कोषले शुक्रबार साँझ क्युएफएक्स सिनेमा सिभिल मल सुन्धारामा नेपाली चलचित्र ‘महाजात्रा’को प्रिमियर शो आयोजना गरेको छ । त्यसो त यो चलचित्र शुक्रबारैदेखि राजधानीका विभिन्न हलहरूमा प्रर्दशन भएको हो ।komal-1711183706.jpg

स्वास्थ्य चौकीलाई उपकरण जुटाउन र नेपाली चलचित्रको प्रवद्र्धन गर्ने दोहोरो उद्देश्यका साथ प्रिमियर शो आयोजना गरिएको कोषले जनाएको छ । 
महाजात्राको प्रिमियर शो हेर्न पूर्व वडामहारानी कोमलको साथै राजपरिवारका अन्य सदस्य, हिमानी कोषका पदाधिकारी लगायतको बाक्लो उपस्थिति थियो । हिमानी कोषकी संस्थापक अध्यक्ष पूर्व युवराज्ञी हिमानी शाह भने हाल अमेरिकामा भएकोले उनी प्रिमियर शोमा अनुपस्थित थिइन् ।  qwen-1711183756.jpg

कोषका पदाधिकारीहरूको साथै वरिष्ठ हाँस्य कलाकार राजाराम पौडेलसहित ‘महाजात्रा’का कलाकार र चलचित्र युनिटका सदस्यहरूले हलमा राजपरिवारका सदस्यहरूको स्वागत गरेका थिए भने उहाँहड्डसँग तस्बिर पनि खिचेका थिए ।
कोषले तीन तहमा वर्गीकरण गरी चलचित्रको टिकट दर तोकेको थियो । जस अनुसार प्लाटिनमको ३ हजार ५००, गोल्डको २ हजार र अरु टिकटको एक हजार रुपैयाँ निर्धारण गरिएको थियो । प्रिमियर शोमा करिव सबै टिकट बिक्री भएको थियो । 
हिमानी कोषले कोन्ज्योस्योम गाउँपालिकाको दलचोकीमा दुईसय घरसहितको नमुना गाउँ निर्माण गर्ने तयारी गर्दैछ । यसैक्रममा त्यहाँसम्म पुग्ने सडक विस्तार र स्तरोन्नतिको काम भइरहेको छ ।mahajtra-1711183755.jpg
 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १४:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार