योजना आयोगमा चार सदस्य नियुक्त, पौडेल सचिवमा बढुवा

बिहीबार, चैत ८, २०८०

काठमाडौं । सरकारले चूडामणि पौडेललाई सचिव पदमा बढुवा गरेको छ ।  बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले रिक्त राजपत्रांकित विशिष्ठ श्रेणीको सचिव पदमा पौडेललाई बढुवा गरिएको जानकारी दिइन् । उनले भनिन्,‘नेपाल प्रशाासन सेवा समीकरणतर्फको रिक्त पद राजपत्रांकित विशिष्ठ श्रेणीको सचिव पदमा चूडामणि पौडेललाई सचिव पदमा बढुवा गर्ने भन्ने निर्णय भएको छ ।’ यस्तै सरकारले राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त गरेको पनि उनले जानकारी दिइन् । 


‘राष्ट्रिय योजना आयोगको रिक्त चार सदस्यीय पदमा संगीता सिंह, कुशेन्द्र बहादुर महत, शिवराज अधिकारी र अरनिको पाण्डेलाई नियुक्ति गर्ने निर्णय भएको छ,’उनले भनिन्  
नेपाल र गणतन्त्र कोरियाबीच सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा सात कोरियाली र १० नेपाली पर्वतारोहीलाई सिन्धुपाल्चोकको जुगल–१ र जुगल–२ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाह गर्ने निर्णय गरिएको उनले बताइन् ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार