ललितपुर महानगर प्रमुख चिरीबाबु अमेरिकामा

सुरक्षित सडक र विद्युतीय सवारीसाधनबारे संसारको असल अभ्यास सुन्दैै,आफ्नो सुनाउँदै
बुधबार, चैत ७, २०८०

ललितपुर  । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरले सडक सुरक्षा र सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन गरेका कामबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएका छन् । 
अमेरिकाको न्यूजर्सी सहरमा आयोजना गरिएको कार्यक्रममा मन्तव्य राख्दै उनले सहरको विकाससँगै सार्वजनिक सवारीसाधनको अवस्था र रुप सुधार आवश्यक भएको बताए । कार्यक्रममा उनले ललितपुर महानगरले यो तथ्यलाई बुझेर विद्युतीय सवारीसाधनलाई प्राथमिकतामा राखेको बताए । निजी संस्थासंस्थासँगको सहकार्यमा विद्युतीय बसहरु भित्राएको जानकारी गराए । सहरमा बनाइएको साइकल लेनको बारेमा पनि उनले चर्चा गरेका थिए । विद्युतीय सवारीसाधन प्रयोगमा महानगरले नगरवासीलाई गरेको प्रोत्साहन लगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा उनले सडक सुरक्षाका बारेमा महानगरले पूर्वाधार निर्माणसहित थुप्रै सचेतना कार्यक्रम आयोजना गरेको बताएका थिए । सडकलाई सुरक्षित बनाउन महानगरले सडकमा जडान गरेको  सिसिटिभी क्यामेरा, स्मार्ट सडकबत्तीका बारेमा मन्तव्य राखेका थिए । 
विश्व बैंकको निमन्त्रणामा अमेरिकामा आयोजना गरिएको ‘ट्रान्सफर्मिङ ट्रान्सपोटेसन’ विषयक छलफल कार्यक्रममा सहभागी हुन सोमबार उनी त्यस तर्फ गएका हुन् । कार्यक्रममा वातावरण संरक्षण र सहरको सौन्दर्यीकरणका लागि विद्युतीय सवारीसाधनको आवश्यकता, साइकलमैत्री सहर निर्माण, साइकलका लागि पूर्वाधार निर्माण, व्यस्त सहरहरुमा पार्किङको व्यवस्थापन लगायतका विषयमा छलफल हुनेछ । त्यसैगरी व्यस्त सहरमा सुरक्षित सडक र सार्वजनिक यातायातको व्यवस्था लगायतका विषयमा समेत छलफल हुने बताइएको छ । 
कार्यक्रममा दक्षिण एसियाका अन्य देशहरुको पनि सहभागिता रहेको छ । कार्यक्रममा सहभागी देशहरुले सडक पूर्वाधार, सार्वजनिक सवारी साधन र सडक सुरक्षाका लागि अबलम्बन गरेका असल अभ्यासहरुका बारेमा प्रस्तुति गर्ने कार्यक्रम रहेको छ । 8c813723-dbd2-48fa-800e-41ee49704bdd-1710948316.jpg


 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  २१:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार