दाउरा काट्ने क्रममा रुखबाट लडेर वडा सदस्यको मृत्यु

बुधबार, चैत ७, २०८०

धादिङ । धादिङको निलकण्ठ नगरपालिका–१० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मृत्यु भएको छ ।  मंगलबार विहान दाउरा काट्न रुख चढेका उनी भुँइमा लडेका थिए । केहीबेर पछि परिवारले थाहा पाएर उपचारका लागि अस्पताल लैजाने प्रयास गरेपनि अस्पताल नपुर्‍याउँदै उनको मृत्यु भएको निलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले जानकारी दिए । तिमिल्सिना खुलातर्फ वडा सदस्य निर्वाचित थिए । 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ०८:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार