कोशी, मधेश र बागमतीको केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

बुधबार, चैत ७, २०८०

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण आज देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  आज कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ ।  दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।  त्यस्तै, कोशी, मधेस र बागमती प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । बेलुका पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही थोरै ठाउँहरुमा चट्याङसहितको वर्षा हुन सक्ने विभागले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ०७:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार