प्राध्यापक विष्ट हत्याका योजनाकार १६ वर्षपछि पक्राउ

मंगलबार, चैत ६, २०८०

काठमाडौं । मीनभवन कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्या आरोपी १६ वर्षपछि पक्राउ परेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विष्टको हत्याका मुख्य योजनाकारलाई पक्राउ गरी मंगलबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।  ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय धर्मराज विष्टको २०६४ असार २६ गते हत्या भएको थियो ।  
उनको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरी सार्वजनिक गरिएकी सबिता थापा भनिने सोभिता थापासहित उनका सहोदर भाइ विनोद थापासहित तीनजनाको समूहले कुटपिट गरि सख्त घाइते बनाएका थिए । बेहोस भएका उनको पछि उपचारको क्रममा मृत्यु भएको थियो ।  सीआइबी कार्यालयकी डिएसपी सुरक्षा केसीको नेतृत्वको टोलीले थापालाई पक्राउ गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । डिएसपी केसीका अनुसार धर्मराज र सोभिताबीच सामान्य चिनजान थियो । तर धर्मराजले सोभितालाई बारम्बार जिस्काउने र तनाव दिने गरेका थिए । 


उक्त कुरा सोभिताले आफ्ना भाइ बिनोदलाई बताएका थिए । दिदीको कुरा सुनेर बिनोदले आफ्ना साथीहरू रञ्जन खड्का र राजिब पाण्डेलाई बोलाएर कुटपिट गर्ने योजना बनाएको डिएसपी केसीले बताइन् । उनका अनुसार योजना बनाएसँगै सोभिताले धर्मराजलाई फोन गरी शंखमुल पुलनिर बोलाएकी थिइन् । 
त्यहाँ बिनोद र उनका साथीहरू तयार अवस्थामा बसिरहेका थिए । धर्मराज आएपछि उनीमाथि रड र इँटा ढुंगाले प्रहार गरेर भागेका थिए । बिनोद, रञ्जन र राजिब त्यही बेला पक्राउ परेका थिए । उनीहरूले सजाय काटेर छुटिसकेका छन् । थापालाई प्रहरीले अदालतमा बुझाएको कार्यालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार