बैंकिङ स्रोतलाई राष्ट्रिय आन्तरिक उत्पादनमा परिचालन गर्न गर्भनर अधिकारीको आह्वान 

शनिबार, चैत ३, २०८०

काठमाडौंं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले आम जनताको स्रोतहरू चलाइराखेकाले त्यसलाई निष्क्रिय र दुरुपयोग हुन नदिन आग्रह गरेका छन् । 
शनिबार काठमाडौंमा आयोजित ‘आरबीबीएल म्यानेजमेन्ट कन्फ्रेरेन्स २०२४’ लाई सम्बोधन गर्दै उनले बैंकिङ स्रोतलाई राष्ट्रिय आन्तरिक उत्पादनमा परिचालन गरी उत्पादन बढाउन सुझाव दिए । 


उनले भने, ‘यहाँहरूले राष्ट्रको स्रोतहरू चलाइराख्नु भएको छ । आम जनताको स्रोतहरू चलाइराख्नु भएको छ । त्यसलाई खेर जान र निष्क्रिय हुन दिनुभएन । दुरुपयोग हुन दिनुभएन । त्यो बैंकिङ स्रोतलाई राष्ट्रिय आन्तरिक उत्पादनमा परिचालन गनुपर्छ जसले गर्दा उत्पादन बढोस् र अनुत्पादक चिजहरूमा यहाँहरूको आर्थिक स्रोतहरू खर्च नहोस् ।’ 
राष्ट्रिय वाणिज्य बैंक सिस्टमभित्र रहेको बैंकहरु मध्ये न्यूनतम आधार दर भएको भन्दै त्यसले प्रतिस्पर्धात्मक क्षमता देखाएको बताए । विभिन्न चुनौति र कमजोरीको बीचमा आफ्नो शक्ति प्रयोग गरी जनविश्वास कायम गर्नेगरी कार्य गर्न पनि उनले आग्रह गरे । 

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार