दक्षिण कोरियामा पुटिन समर्थक नृत्यांगनाको प्रदर्शन रध्द 

शुक्रबार, चैत २, २०८०

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको समर्थक मानिएकी नर्तक स्वेतलाना जाखारोभाको कोरियामा तय गरिएको ब्याले प्रस्तुति विवादमा परेपछि रद्द गरिएको छ ।
जाखारोभा बोलशोई ब्यालेको युक्रेनी मूलकी रुसी प्रिन्सिपल हुन् ।
विशेष गरी मस्को र कीभ बीच चलिरहेको द्वन्द्वको बीचमा, पुटिनलाई समर्थन गर्ने व्यक्तिहरूलाई शो अनुमति दिने उपयुक्त समय नभएकाले यो नृत्य शो रध्द गरिएको आयोजकले जनाएको छ ।
दक्षिण कोरियाको राजधानी सियोल कला केन्द्रमा यही अप्रिल १७ देखि २१ सम्म चार दिनलाई तय गरिएको ‘मोडान्से’ शीर्षकको प्रदर्शन कोको च्यानलको जीवन चित्रण गर्दै जाखारोभालाई प्रदर्शन गर्ने उद्देश्य थियो । संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालयसँग आबद्ध केन्द्रले आज कार्यक्रम रद्द गरिएको घोषणा गरेको हो ।
‘मोडानसेको कोरियाली लेग दर्शक र कलाकार दुबैको सुरक्षाको प्रत्याभूतिको लागि रद्द गरिएको जानकारी गराउँदा हामी दुःखी छौं । हामी यस प्रस्तुतिको अपेक्षा गर्नुहुने सम्पूर्ण दर्शकहरू प्रति हार्दिक क्षमाप्रार्थी छौं र हाम्रो वाध्यता बुझिदिनुहुन अनुरोध गर्दछौं,’ केन्द्रले आफ्नो  सूचनामा भनेको छ ।
यस वर्षको सुरुदेखि, जाखारोभाको संलग्नताले विवाद उत्पन्न गरेको छ, र कोरियामा युक्रेनको दूतावासले सोमबार निन्दा पनि ग¥यो, जाखारोभा र वर्तमान बोलशोई थिएटरका निर्देशक भ्यालेरी गेर्गिएभलाई ‘युक्रेनमा रूसी शासनको आपराधिक कार्यलाई सक्रियतापूर्वक र मुखरित गरिएकामा माफी दिएको’ भनेर उल्लेख गरिएको छ ।
दूतावासले भनेको छ, रसियाले सांस्कृतिक हतियारको रूपमा युद्ध र नरसंहारको औचित्य प्रमाणित गर्न सांस्कृतिक कार्यक्रमहरूको फाइदा उठाइरहेको छ र अन्तर्राष्ट्रिय साझेदारहरूलाई रूसी शासन र यसका प्रतिनिधिहरूसँग सांस्कृतिक सहयोग निलम्बन गर्न आह्वान गरेको छ, विभिन्न देशहरूमा बोलशोई प्रदर्शनहरू रद्द गर्दै कतिपय स्थानमा बहिष्कार पनि भएको छ ।
यता रूसी दूतावासले भने रसियाली कलाकारहरूको योजनाबद्ध भ्रमणहरू निजी संस्थाहरुबीचको प्रत्यक्ष सम्झौता मार्फत व्यवस्थित गरिएको र यसले कोरियाको सांस्कृतिक परिदृश्यलाई समृद्ध बनाउन योगदान पु¥याउने बताएको छ । यी प्रदर्शनहरू रद्द गर्ने कुनै पनि प्रयास गलत हुनेछ भनेर रुसले चेतावनी दिएको छ ।
कूटनीतिक विवादको बीचमा, सियोलमा ‘मोडान्से’ को आयोजक इनआर्ट्स प्रोडक्सनले यो शो रद्द गर्न केन्द्रसँग सहमत भएको बताएको छ ।
‘हामीले यो प्रदर्शनको लागि कोभिड महामारी  सुरु हुनुभन्दा धेरै अघिदेखि योजना र तयारी गरिरहेका थियौं । विभिन्न कारणहरूको होसियारीपूर्वक विचार गरे पनि, हामीले सियोल कला केन्द्रको अनुरोधमा प्राथमिकता दिँदै कार्यक्रम रद्द गर्ने हालैको निर्णय गरेका छौं । हाम्रा कलाकारहरू र दर्शकहरूको सुरक्षा र भलाइ नै हाम्रो प्रमुख चासाकोाक बिषय हो, इनआर्ट्सले आफ्नो सूचनामा लेखेको छ ।
यसैबीच, ‘बोल्शोई ब्यालेट गाला कन्सर्ट’ रूसी ब्याले कम्पनीका नर्तकहरू प्रस्तुत गर्ने अर्को कार्यक्रम, अप्रिल १६ देखि १८ सम्म सेजोङ सेन्टर फर परफर्मिङ आर्ट्समा आयोजना गरिएको छ ।
सियोल महानगरीय सरकारको स्वामित्वमा रहेको सेजोङ सेन्टरले प्रदर्शन जारी राख्ने वा रद्द गर्ने भन्ने अन्तिम निर्णय गर्नसक्ने  छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार