अल्पमतमा परिसकेको भन्दै एमालेद्वारा कोशीका मुख्यमन्त्रीको राजीनामा माग

शुक्रबार, चैत २, २०८०

विराटनगर । नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राजीनामा दिनुपर्ने जनाएको छ । एमाले कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेको भन्दै राजीनामा दिन आग्रह गरेको हो ।
एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले आज पत्रकार सम्मेलन गर्दै यस्तो मुख्यमन्त्रीलाई राजीनामा दिन आग्रह गरेका हुन् । 
सरकार राजनीतिक हिसाबले अल्पमतमा परिसकेको भन्दै भण्डारीले राजीनामा दिनुपर्ने उल्लेख गर्दै नदिए सत्तापक्ष अल्पमतमा देखिने साथै र विपक्षी बहुमतमा देखिने अवस्था आएको बताए ।
‘मुख्यमन्त्रीले राजीनामा दिनुको विकल्प छैन’ उनले भने, ‘राजीनामा नदिए संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिनुपर्यो । यदि प्रक्रियामा नगएर जबर्जस्ती गर्न खोजिए संविधानको सर्वोच्चता, सर्वोच्च अदालतको आदेश र कानुन बमोजिम हामी हटाउनेछौं ।’
संघीय सरकारको गठबन्धनको आधारमा बहुमत पाइरहेको र पहिलेको गठबन्धन टुटेर अर्को गठबन्धन बनिसकेपछि मुख्यमन्त्री कार्कीविरुद्ध ५८ मत पुगिसकेको दाबी भण्डारीले गरे ।
नयाँ गठबन्धनले आफूहरुलाई नयाँ सरकार बनाउनका लागि नीतिगत निर्देशन दिने उल्लेख गर्दै नेता भण्डारीले त्यसपछि आवश्यक प्रक्रिया अघि बढाइने बताए ।
गठबन्धनकै निर्देशनअनुसार अघि बढ्ने भन्दै उनले एमालेकै नेतृत्वमा सरकार हुनुपर्ने नभनेको बरु सहमति गरेर अगाडि बढ्न सकिने उल्लेख गरे ।
सहमतिअनुसार एमालेको भागमा कोशी प्रदेश परेको अवस्थामा हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्ने उनको भनाइ छ । 
प्रदेश प्रमुखले चाहेमा संविधानको धारा १६८ को उपधारा २ अनुसार पनि सरकार बन्न सक्ने वा कुनै दलहरु एक भएर बहुमत सिद्ध गर्नसके संविधानको धारा १६८ को उपधारा ९१० बाट पनि सरकार बन्न सक्ने भण्डारीले दाबी गरे ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार