प्यालेस्टाइनको नयाँ प्रधानमन्त्रीमा मुस्ताफा नियुक्त

शुक्रबार, चैत २, २०८०

काठमाडौं । प्यालेस्टाइनको नयाँ प्रधानमन्त्रीमा मोहम्मद मुस्तफा चयन भएका छन् । उनलाई राष्ट्रपति महमूद अब्बासले नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गरे । 
प्यालेस्टाइनमा तत्कालिन प्रधानमन्त्री मोहम्मद सतेह लगायतले १८ दिन अघि राजीनामा दिएका थिए । त्यसपछि मुस्ताफा नयाँ प्रधानमन्त्रीमा राष्ट्रपति अब्बासले चयन गरेका हुन् ।उनले सन् २००५ देखि प्यालेस्टाइन प्राधिकरणको नेतृत्व गर्दै आएका छन् । प्यालेस्टाइनमा राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्त गर्ने अधिकार छ । 
समाचार एजेन्सी एएफपीका अनुसार मुस्तफाले गाजामा सन् २०१४ मा इजरायली आक्रमणपछि गाजाको पुनर्निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनी प्यालेस्टिनी प्राधिकरणको आर्थिक मामिलासम्बन्धी सल्लाहकार थिए । उनी प्यालेस्टाइन इन्भेस्टमेन्ट फण्डको बोर्ड सदस्य पनि थिए । यसबाहेक उनले विश्व बैंकमा उच्च पदमा पनि काम गरिसकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार