टीआरसी विधेयकमा फेरि अलमल 

शुक्रबार, चैत २, २०८०

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग सम्बन्धी ९टीआरसी० विधेयक टुंग्याउन अझै केही समय लाग्ने भएको छ ।
शुक्रबार सिंहदरबारस्थित कानून समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको थियो । 
छलफलपछि कानूनमन्त्री पदम गिरीले छिटो भन्दा छिटो टीआरसी विधेयकलाई टुंग्याएर संसदमा लैजान आफू तयार रहेको बताए ।
गत फागुन २० गते नै समितिले विधेयकलाई अन्तिम रुप दिने तयारी गरेका बेला भएको सत्ता समिकरणको फेरबदलका कारण टीआरसी विधेयकले अझै अन्तिम रुप पाउन सकेको छैन् । कानूनमन्त्री गिरीले विधेयकलाई छिटो टुंग्याएर सदनमा लैजान आफू तयार रहेको बताए । 
गिरीले भने, ‘असहमति भएका बुँदामा दफावार छलफल गरेर सहमतिको साथ छिटोभन्दा छिटो सदनमा पठाउने कुरामा हामीले सफलता हासिल गर्नैपर्छ ।’
बैठकपछि रास्वपा सांसद एवं कानून समिति सदस्य सन्तोष परियारले १७ वर्षदेखि थाती बसेको शान्ति प्रकृयाको बाँकी काम टुंग्याएर विधेयकलाई सदनमा लैजान सबै राजनीतिक दलकाबीचमा समितिमा ऐकवद्धता र बाहिर पनि शीर्ष नेतृत्वका बीचमा गम्भीर छलफल भैरहेको बताए ।
तर, उनले सत्ता गठबन्धन फेरबदका कारण उक्त विधेयकलाई अन्तिम रुप दिनमा राजनीतिक विषय बनाएर गठबन्धन बाहिरका दलले अवरोध नगर्ने विश्वास व्यक्त गरे । 
नयाँ सत्ता समीकरणपछि समितिबाट विधेयकलाई अन्तिम रुप दिन फेरी राजनीतिक विषय बनाएर अड्काइने पो होकि भन्ने सञ्चारकर्मीको आशंकामा सांसद परियारले भने, ‘सत्ता गठबन्धन परिवर्तन र सदनले बनाउने सरकार यताउती हुँदैमा यस्तो महत्वपूर्ण विषयलाई फेरिपनि राजनीतिक विषय बनाउँछन भन्ने मलाई लाग्दैन ।’ उनले थपे, ‘हिजो टीआरसी विधेयक राजनीतिक मुद्दा बन्नुका पछाडि केही कारण थिए, केही कुराहरुमा मत बाँफिएका थिए । अस्ति ९२० फागुन० हामीले लगभग विधेयक टुंग्याइनै सकेका थियौं । आज आएर सत्ता राजनीतिक परिवर्तन र सत्ता फेरबदल हुँदैमा विधेयक रोकिन्छ भन्ने मलाई लाग्दैन । अहिले त्यतातर्फ परिस्थिति बनेछ भने पनि हामीले छलफल, बहस र वातावरण बनाएर यसलाई टुग्याउनपर्छ र टुंगिने कुरामा विस्वस्त छौ ।’
समितिमा अड्किएको उक्त विधेयमा उल्लेख गरिएका केही कुरामा सहमति जुट्न सकेको छैन् । विधेयकमा उल्लेख भएको पीडितले सहमति नदिए अभियोजनमा जाने । अभियोजन गर्दा सजाय घटी कति गर्ने भन्ने भन्ने अधिकार अभियोजकलाई दिने कि ऐनमै तोक्ने भन्नेमा टुंगो लागेको छैन् । 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार