आजको विदेशी मुद्राको विनिमय दर (सूचीसहित) 

बिहीबार, चैत १, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २९ पैसा र बिक्री दर १३२ रुपैयाँ ८९ पैसा रहेको छ । 
बुधबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १४ पैसा र बिक्री दर १३२ रुपैयाँ ७४ पैसा रहेको थियो । त्यस्तै, आज युरो एकको खरिद दर १४४ रुपैयाँ ७१ पैसा र बिक्री दर १४५ रुपैयाँ ३७ पैसा रहेको छ । बुधबार युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १५ पैसामा कारोबार भएको थियो । 
त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३० पैसा र बिक्री दर १७० रुपैयाँ ०७ पैसा रहेको छ । बुधबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०५ पैसा र बिक्री दर १६९ रुपैयाँ ८१ पैसा रहेको थियो । 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २८ पैसा र बिक्री दर ३६ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । बुधबार रियाल मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  ०८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार