रचनात्मक प्रतियोगिता गर्दै विश्वदृष्टिले मनायो नारी दिवस 

बुधबार, फागुन ३०, २०८०

काठमाडौं । लामो समयदेखि लैंगिक समता प्राप्तिका लागि क्रियाशिल विश्वदृष्टि  अनुसन्धान तथा स्रोत व्यवस्थापन नेपालले महिलाहरूबीच सृजनात्मक प्रतियोगिता गदै यसवर्षको नारी दिवस मनाएको छ । 
सँस्थाले कीर्तिपुरका ९ विद्यालयहरू समेटेर “समृद्ध नेपाल निर्माणमा नारीको भूमिका”  विषयक वक्तृत्वकला  आयोजना गरको थियो । स्थानीय महिला सहभागी नारी दिवसमा उनीहरुलाई कुर्सी दौड, डोरी तान्ने, तातो आलु र चम्चा गुच्चा जस्ता प्रतियोगिताा आयोजना गरिएको थियो  । प्रतियोगिता आयोजकहरुका अनुसार  महिलाहरुलाई बाहिरी संसारको परिचय दिँदै समाजलाई नेतृत्व दिने स्थानमा पुग्ने अपेक्षा गरिएको छ । 
कार्यक्रममा कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले महिलाको सशक्तिकरणका लागि रचनात्मक क्रियाकलापले ठूलै मद्दत गर्ने बताइन् । कार्यक्रममा  स्थानीय जनप्रतिनिधिहरुले समेत बोलेमन थिए । 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार