अस्ताए ललितपुरमा सर्वाधिक रुचाइएका पूर्ववडाध्यक्ष व्यञ्जनकार

सोमबार, फागुन २८, २०८०

काठमाडौं । लललितपुर महानगरपालिका–१० का पूर्ववडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ।  
उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा ८१ वर्षीय व्यञ्जनकारको आज निधन भएको ललितपुर महानगरले जनाएको छ।  
ललितपुर महानगरपालिका वडा नम्बर १० मा ११ औं पटक स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उनी सर्वाधिक १० पटक अध्यक्षमा निर्वाचित भएका जनप्रतिनिधि हुन् । वडामा उनी धेरै समय काम गर्ने रुचाइएका जनप्रतिनिधि हुन्।
उनी २०२९ सालदेखि लगातार १० पटक वडाध्यक्ष निर्वाचित भएका थिए । तर, ०७९ को स्थानीय चुनावमा स्वतन्त्र उठेका नरसिंह आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग २८२ मत अन्तरले पराजित भए ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार