सुवेदी र पोखरेललाई नरेन्द्र चापागाईं पुरस्कार

शुक्रबार, फागुन २५, २०८०

विराटनगर । शिक्षासेवी तथा साहित्यकार डा। नरेन्द्र चापागाईंको सम्झना एवं सम्मानमा स्थापित नरेन्द्र चापागाईं भाषा साहित्य पुरस्कार यस वर्षका लागि समालोचक दधिराज सुवेदीलाई दिइने भएको छ ।
यसैगरी, नरेन्द्र चापागाईं युवा साहित्य पुरस्कार–२०८० कवि जयन्ता पोखरेललाई प्रदान गर्ने निर्णय भएको छ । 
डा। नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईंको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको संस्थाका महासचिव दिङ्लाली कान्छोले जानकारी दिए । 
डा। नरेन्द्र चापागाईंका समकालीन साहित्यकार दधिराज सुवेदीले साढे पाँच दशकदेखि अनवरत रुपमा नेपाली साहित्यको सेवा गरेर साहित्यको उन्नयनका लागि योगदान दिएकामा पुरस्कृत गरिने भएको हो।
यस्तै, नेपाली कविताको फाँटमा छुट्टै पहिचान बनाउन सफल जयन्ता पोखरेल विगत तीन दशकदेखि साहित्यको क्षेत्रमा क्रयाशील छिन् । 
पुरस्कारहरूका राशि क्रमशः ५१ हजार र २५ हजार रुपैयाँ रहेको संस्थाका कोषाध्यक्ष टंकप्रसाद कोइरालाले बताए ।
पुरस्कारहरू आगामी वैशाख महिनामा नरेन्द्र चापागाईं स्मृति दिवसको सन्दर्भ पारेर आयोजना हुने कार्यक्रममा हस्तान्तरण गरिने जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार