Chhath Banner Chhath Banner
Chhath Banner Chhath Banner

ओलाङचुङगोला र याङ्मामा प्रवेश निषेध 

बिहीबार, जेठ ६, २०७८

ताप्लेजुङ । जिल्लाका दुई हिमालीबस्ती ओलाङचुङगोला र याङ्मामा अन्यत्रबाट आवात जावज गर्न तथा  प्रवेशमा समेत पूर्ण निषेध गरिएको छ । फक्ताङलुङ गाउँपालिका ७ मा पर्ने ती बस्तीमा यही जेठ ७ गतेदेखि १५ गतेसम्म प्रवेशमा रोक लगाइएको वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए ।  उनले  कोरोना सङ्क्रमण दिनानुदिन वृद्धि भएको अस्थामा अहिलेसम्म सुरक्षित रहेका ती बस्तिमा मानिसको आवतजावत रोक्ने निर्णय भएको बताए । निषेधको खबर गाउँबस्तिमा  गरिएको छ । स्थानीयवासीलाई बाहिरी मानिस नराख्न र स्वास्थ्यका मापदण्ड अपनाउन गाउँपालिकाले आह्वान  गरेको छ  ।  ओलाङचुङगोला पुग्न सदरमुकाम फुङलिङबाट सवारी साधन र पैदल गरी दुई दिन लाग्छ भने याङ्मा  तीन दिन लाग्छ । ओलाङचुङगोलामा ५३ घरपरिवार रहेकाछन् भने याङ्मामा ११ परिवारको बसोबास  छ । धनाबस्ति भएकाले  एक जना मात्रै सङ्क्रमित भए पुरै बस्ती उच्च जोखिममा पर्ने भएकाले स्वास्थ्य सुरक्षालाई  ध्यान दिइएको छ । 

‘कोभिड नियन्त्रण समूह’गठन 
यसैबीच  बजार क्षेत्रमा सीमित   सङ्क्रमण गाउँघरमा  फैलिन थालेपछि बुधबार मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका नागरिक भेला भएर  रोकथाम र नियन्त्रणमा जुटेका छन् । भेलाले ‘कोभिड नियन्त्रण समूह’समेत गठन गरी  गाउँघरमा भिडभाडजन्य  गतिविधि नगर्न, स्वास्थ्य सुरक्षा अपनाउन सर्वसाधरणलाई अनुरोध समेत गरेको छ ।  साथै गाउँमा बजार क्षेत्रबाट आउने जाने मानिस र सवारी साधनको समेत निगरानी राख्न शुरुआत समेत गरिएका छन् ।  केही दिन अघि सिरिजंघा गाउँपालिका–७ खेवाङका नागरिक समाज, राजनीतिक दल, बुद्धिजीवि लगायत भेला भएर गाउँमा पाँच जना भन्दा बढी भेला हुन नपाइने,  अन्यत्रबाट  सवारी साधनलाई आउन रोक लगाउने लगायतका निर्णय गरिएको थियो ।  अहिले सो क्षेत्रमा  जमघट नै हुन छाडेको छ ।  जिल्ला प्रशासन कार्यालयले फुङलिङ नगरपालिका सहित आसपासका क्षेत्रमा  दुई साता अघिदेखि निषेधाज्ञा लागू गरेको छ । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय २५ रहेको छ भने सङ्क्रमणबाट  सात जनाले ज्यान गुमाएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  २२:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार