सुनको मूल्यमा उच्च रेकर्ड 

बुधबार, फागुन २३, २०८०

काठमाडौं । सुनको मूल्य निरन्तर बृद्धि भइरहेको छ । आज बुधबार सुनको मूल्य तोलाको १ लाख २३ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो मंगलबार सबै रेकर्ड तोडेर सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ पुगेको थियो भने आज फेरि ५ सय रुपैयाँ बढेपछि अर्को उच्च रेकर्ड कायम भएको छ ।  चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँ रहेको चाँदी बुधबार १ हजार ४ सय ४० रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार