त्रिशुली बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्धारा दुः ख व्यक्त

ज्यान गुमाएकालाई प्रधानमन्त्री दिए श्रद्धाञ्जलि
बुधबार, फागुन २३, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धादिङको गजुरीमा भएको बस दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् । ‘कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस गजुरीस्थित त्रिशुली नदीमा खस्दा ६ जना यात्रुको दुखद निधन भएकोमा दु:ख व्यक्त गर्दै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जलि तथा  परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु’, प्रधानमन्त्री प्रचण्डले बुधबार एक्समा लेखेको छन् ।कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको रात्री बस बुधबार बिहान त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको छ । चालकसहित ३६ जना घाइते छन् । बसमा ५१ जना यात्रु रहेको भन्ने विवरणका अनुसार अन्य ९ जनाको खोजी कार्य भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । बिहान करिब पौने पाँच बजे पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका(५ घाटबेशीमा गति अनियन्त्रित भई बस त्रिशूलीमा खसेको थियो । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले घाइते र मृतकहरुको उद्धार गरेको छ । 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ०९:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार