त्रिशूलीमा बस खस्यो, ५ को मृत्यु, ३७ घाइते 

बेपत्ताको खोजी जारी
बुधबार, फागुन २३, २०८०

काठमाडौं । कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको रात्री बस बुधबार बिहान त्रिशूलीमा खसेको छ । दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने चालकसहित ३७ जना घाइते छन् । बसमा ५१ जना यात्रु रहेको भन्ने विवरणका अनुसार अन्य ९जनाको खोजी कार्य भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए ।  उनका अनुसार मृतकहरुको पहिचान खुलेको छ । चालक पनि घाइते छन् । बिहान करिब पौने पाँच बजे पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका–५ घाटबेशीमा गति अनियन्त्रित भई बस त्रिशूलीमा खसेको थियो । अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले घाइते र मृतकहरुको उद्धार गरिरहेको छ । 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ०७:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार