ललितपुर–२३ स्थित पद्मप्रकाश माविले मनायो ४० औं वार्षिक उत्सव तथा अभिभावक दिवस (भिडियो)

स्थान अभावको समाधान खोज्न महानगर उपप्रमुख मञ्जली शाक्य समक्ष अनुरोध   
मंगलबार, फागुन १५, २०८०

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २३ नं. वडास्थित सामुदायिक विद्यालय पद्म प्रकाश माध्यामिक विद्यालयले गत शनिबार ४० औ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् ललितपुर महानगरपालिका २३ नं. वडाका वडाअध्यक्ष जीवन महर्जनको सभापतित्वमा आयोजित वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रममा विद्यालयको भवन निर्माण कार्यमा आर्थिक सहयोग प्रदान गर्ने पूर्वप्रदेश सांसद देवकी श्रेष्ठ (वान्तवा), ललितपुर महानगर शिक्षा शाखाबाट अवकाश प्राप्त शिक्षा अधिकृत सरिताकुमारी पौडेल, विद्यालयमा २०५७ साल देखि कार्यालय सहायक पदमा कार्यरत रही अवकाश प्राप्त अष्टमाया महर्जन, विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नु हुने शिक्षक सुनिल महर्जन, एसईई २०७९ उत्र्तिण विद्यार्थी, कक्षा तहमा प्रथम द्धितिय तथा तृतिय हुने विद्यार्थी, अनुशासित तथा सर्वाेत्कृष्ठ विद्यार्थीहरू तथा विद्यालयका संरक्षकहरूलाई तीर्थकुमारी बानियाँ, लालबहादुर खत्री र वसन्तबहादुर खड्कालाई सम्मान पत्रद्धारा सम्मानित गरिएको थियो ।

pam-do--1708989559.jpgकार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक सुरेशप्रसाद घिमिरेले स्वागत मन्तव्य राख्दै गुणस्तरीय शिक्षा दिएर हरेक वर्ष उत्कृष्ठ नतिजा ल्याउन सफल भएको अवगत गराउँदै विद्यालयले भोग्दै आएको पूर्वाधार तथा स्थान अभावका बारेमा महानगर उपप्रमुखलाई ध्यानाकर्षण गराउनु भएको थियो । 
वार्षिक उत्सव कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक धर्मलाल महर्जनले विद्यालयमा आफ्ना छोराछोरी पढ्न पठाएको छु भन्दैमा अभिभावकहरूले आफ्नो दायित्व पूरा गरेको छु भेर सोच्न नहुने बताउँदै घरमा पनि विद्यार्थीलाई विद्यालयको वातावरण बनाउन सकेमात्रै आफ्ना बालबालिका सक्षम हुनसक्नेतर्फ अभिभावकहरूको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् ललितपुर महानगर २३ नं वडाका वडाअध्यक्ष जीवन महर्जनले आफ्नो वडामा रहेको यस विद्यालयमा ७७ जिल्लाबाट आएर आफ्ना नानीहरू पढाइरहनु भएका अभिभावकहरूले विद्यालयप्रति देखाउनु भएको विश्वास मर्न नदिने र विद्यार्थीको भविष्य सुनिश्चि गर्नेतर्फ आफू लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

pam--1708989376.jpg
कार्यक्रमकी प्रमुख अतिथि ललितपुर महानगर उपप्रमुख मञ्जली शाक्य बज्रचार्यले पद्म प्रकाश माविमा ५ सय प्लस विद्यार्थी अध्ययनरहेकोले ती विद्यार्थीको भविष्य विद्यालय परिवारको हातमा रहेको औंल्याउँदै विद्यालयले गुणस्तरीय शिक्षा दिएर उनीहरूको भविष्य सुनिश्ति गर्नुपर्र्नेमा जोड दिनुभयो । 
‘गुणस्तरीय शिक्षा प्राप्त गर्ने विद्यार्थी तथा अभिभावकको चाहनालाई कसरीलाई कार्यान्वयन गर्न सकिन्छ भनेर वडाअध्यक्षसहित विद्यालय व्यववस्थापन समितिसँग सल्लाह गरी अघि बढ्न महानगर तत्पर रहेको छ’ उहाँले भन्नुभयो ।

pad-sa--1708989370.jpg
विद्यालयका प्रधानाध्यापक देवरत्न महर्जनले महानगरपालिका शिक्षा महाशाखा,  शिक्षा समन्वय तथा महानगरपालिकाको पद्म प्रकाश माविलाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन भएको हामीले महसुस गरेको बताउनुभयो  
‘२०४० सालमा जगतबहादुर बानियाँले आफ्नो घरको कोठामा राखेर विद्यालय सञ्चालन गरेको विद्यालयमा हाल ५५० जना विद्यार्थी अध्ययनरत रहेका जानकारी दिँदै प्रधानाध्यापक महर्जनले भन्नुभयो, ‘अंगे्रजी माध्यमबाट पठनपाठने हुने सादायिक विद्यालय भएकै कारण विद्यार्थीको आकर्षण बढेपनि कक्षा कोठा अभाव हुँदा विद्यार्थी भर्ना रोक्नु पर्ने अवस्था छ ।’ 

padam--1708989370.jpg
उक्त कार्यक्रमकी प्रमुख अतिथि महानगर उपप्रमुख मञ्जली शाक्यले विद्यार्थीहरूद्धारा निर्मित विज्ञान प्रदर्शनीको अभिरुचीपूर्वक अवलोकन गर्नु भएको थियो । विद्यालयका शिक्षक रामगोविन्द महर्जनले उद्घोषण गरेको उक्त कार्यक्रममा विद्यार्थीले विविध साँस्कृतिक प्रस्तुति पनि दिएका थिए । 

pad-bi--1708989368.jpg
pad--1708989367.jpg
pada-1708989558.jpg
 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ०५:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार