बालुवा, सिमेन्ट, गिट्टीसहितका निर्माण सामग्री जाँच्न गोदावरीमा प्रयोगशाला 

नगरप्रमुख भन्छन्, ‘गुणस्तरसहितको पूर्वाधारका लागि प्रयोगशाला’ 
आइतबार, फागुन ६, २०८०

ललितपुर । गोदावरी नगरपालिकाले बालुवा, सिमेन्ट, गिट्टीलगायतका निर्माण सामग्री र निर्माण कार्य परीक्षण गर्न प्रयोगशाला स्थापना गरेको छ ।  बज्रबाराहीस्थित नगरपालिकाको कार्यालयमा राखिएको प्रयोगशालाको आइतबार नगरप्रमुख गजेन्द्र महर्जनले उद्घाटन गरे । यो प्रयोगशालामा छिमेकी नगरपालिकाले समेत निर्माण सामग्री र निर्माण कार्यको गुणस्तर परीक्षण गर्न सक्नेछन् । गोदावरी नगरपालिकाभित्र हुने निर्माणमा प्रयोग गरिने सामग्रीहरूको गुणस्तर यस प्रयोगशालामा परीक्षण गरिने नगरप्रमुख महर्जनले बताए । प्रयोगशालामा निर्माण कार्यको समेत परीक्षण हुने उनले जानकारी दिए । उनले भने, ‘गोदावरी नगरपालिकाभित्र हुने निर्माण अब झन गुणस्तरीय हुन्छ, हाम्रा पूर्वाधारहरु बलिया हुन्छन् ।’ छिमेकी नगरपालिकाले समेत गोदावरीको प्रयोगशालामा निर्माण सामग्री र कार्य परीक्षण र गर्न सक्ने नगरप्रमुखले बताए । उनले भने, ‘ छिमेकी पालिकाले समेत यहाँ निर्माण सामग्री परीक्षण तथा कार्य गराउन सक्नु हुन्छ ।’ अन्य पालिकाले गोदावरी नगरको प्रयोगशालामा निर्माण सामग्री र निर्माण कार्य परीक्षण गराउँदा नगरको राजश्व वृद्धि हुने उनको भनाई थियो । नगर प्रमुख महर्जनले भने, ‘हाम्रो नगरमा भएको पूर्वाधार निर्माणमा अब कुनै खोट हुने छैन ।’ 

WhatsApp-Image-2024-02-18-at-20.01.25-1708266336.jpeg

नगरप्रमुखका अनुसार यस्तो प्रयोगशाला स्थापना गर्ने औंलामा गन्न सकिने स्थानीय तह मध्ये गोदावरी नगरपालिका एक हो ।  गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्युतराज रेग्मीले प्रयोगशाला स्थापनाले गोदावरी नगरपालिका बलियो पूर्वाधार निर्माणमा केन्द्रित रहेको प्रष्ट भएको बताए । छिमेकी पालिकाहरुले समेत यहाँको पालिकामा रहेको प्रयोगशालामा निर्माण सामग्री र निर्माण कार्य परीक्षण गर्न सक्ने उनले बताए ।  उनले भने, ‘ गोदावरीको राजश्व संकलनमा समेत यो प्रयोगशालाले सहयोग पु¥याउँछ ।’  गोदावरी नगरपालिकाका इन्जिनियर मुकुन्द वस्तीले वालुवा, गिट्टी,इँटा, सिमेन्टको परीक्षण प्रयोगशालामा हुने बताए । उनका अनुसार ढलान भएको सडक कोर कटिङ गरेर त्यसको परीक्षण , पिच भएका सडकको कोर कटिङ गरी मोटाइ ठिक भए नभएको परीक्षण, पिच र ढलान हुनु भन्दा अगाडि गरिने वेस र सववेसको डेनसिटी परीक्षण र ढलानको ह्याम्बर परीक्षण समेत प्रयोगशालामा हुनेछ । इन्जियिनियर वस्तीले गुणस्तरसहितको पूर्वाधार निर्माणलाई प्राथमिकता र महत्व दिन प्रयोगशाला स्थापना गरेको बताए ।

May be an image of 7 people, people studying, table and text

May be an image of 8 people and text

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  २०:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार