लघुवित्त र सहकारीमार्फत राजनीतिक लाभ लिने प्रयास हुँदैछ : अर्थमन्त्री

शनिबार, फागुन ५, २०८०

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले लघुवित्तमा महिलाको उल्लेखनीय सहभागिताले महिला सशक्तिकरण र जीविकोपार्जनमा सकारात्मक प्रभाव पारेको बताएका छन् ।  शनिबार चौथो लधुवित्त सदस्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले देशभरबाट २७ लाख महिलाहरु लघुवित्तमा सहभागि रहेको उललेख गर्दै यसले महिलालाई आत्मनिर्भर बनाएको बताए ।  अहिले केहि प्रवृत्तिहरुले सहकारी र लघुवित्तमा आएका विचलनबाट राजनीतिक लाभ लिएको भन्दै सरकार चुप लागेर नबस्ने उनको भनाइ छ ।  उनले भने, ‘लघुवित्तलाई कसरी स्वस्थ बनाउने भन्ने हामी सबैको चासोको विषय हो । तर केही प्रवृत्तिहरु लघुवित्त र सहकारीमा देखिएको विचलनबाट फाइदा उठाएर राजनीतिक लाभ लिन खोजिरहेका छन् । यो खतरनाक प्रवृत्ति हो । यसको प्रतिवाद गर्न सबै तयार हुनुपर्छ । ’ गरिव र विपन्नलाई ध्यानमा राखेर आम जनताका मुद्दाहरु टुङ्ग्यानुपर्ने उनको भनाइ छ ।  अर्बौं कर्जा प्रवाह गर्ने सरकारको सामथ्र्य नहरेको उल्लेख गर्दै अर्थमन्त्री महतले बेलैमा सबैले सचेत भएर दायित्व पुरा गर्नुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार