युरो र पाउण्डको भाउ एक रुपैयाँ घट्यो, अरु कुनको कति ? 

बिहीबार, फागुन ३, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज युरो र पाउण्डको भाउ एक रुपैयाँ घटेको छ भने अमेरिकी डलरको भाउ बुधबारकै हाराहारी कायम छ । बिहीबार युरो एकको खरिद दर १४१ रुपैयाँ ८३ पैसा कायम भएको छ भने बिक्री दर १४२ रुपैयाँ ४७ पैसा रहेको छ । जबकि बुधबार युरो एकको खरिद दर १४२ रुपैयाँ ८६ पैसा रहेको थियो भने बिक्री दर १४३ रुपैयाँ ५१ पैसा रहेको थियो ।  त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्री दर १६६ रुपैयाँ ९८ पैसा रहेको छ । बुधबार १६७ रुपैयाँ ९४ पैसामा कारोबार भएको थियो ।  आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको छ भने कतारी रियालको एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०८:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार