पाल्पामा जिप दुर्घटना, आठको मृत्यु 

मंगलबार, फागुन १, २०८०

काठमाडौं । पाल्पामा जिप दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । लु१ज २३७१ नम्बरको जिप तिनाउ गाउँपालिका–५ मस्यामको चिदिसनजिक मंगलबार साँझ दुर्घटना भएको हो ।   दुर्घटनामा घटनास्थलमै आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 
जिप सिद्धार्थ राजमार्गको डुम्रेबाट शिखरडाँडातर्फ गइरहेको थियो । मंगलबार साँझ पौने ५ बजे जिप सडकबाट तल खसेको हो । १५ जना घाइतेको उद्धार गरी गरी लुम्बिनी मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ । 
घाइते र मृतकहरूको पहिचान खुल्न बाँकी छ । 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १९:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार