बज्र ग्रुपले ल्यायो इभी गाडीमा भ्यालेन्टाइन स्किम

मंगलबार, फागुन १, २०८०

काठमाडौं । नेपाली बजारमा बिगत ३१ बर्ष देखि क्रियाशील व्यापारिक घराना बज्र ग्रुपको इ भी नेपाल मोटर्स प्रालिले भ्यालेन्टाइन स्किम लागू गरेको छ । यो  स्किममा  वुलिंग कार किन्दा सुनको  हार र लेभ्निंग  स्कुटर किन्दा  ग्राहकले हिराको औठी उपहार पाउनेछन् ।  यो स्किम निश्चित समय को लागि लागू गरिएको छ  । बज्र ग्रुपले सेनेटरिका आइटम, बाथरुम फिटिंग , अपार्टमेन्ट, मास्क, अटोमोबाइलसहित बिभिन्न क्षेत्रमा ब्यापार  गर्दै आइरहेको छ । 

WhatsApp-Image-2024-02-13-at-12.29.08_651ca5fa-1707813161.jpg


वुलिंग गाडी २०० कि मि र ३०० किमीमा उपलब्ध छ भने कार  किन्नका लागि नक्साल , भैसेपाटी शोरुम जान सक्नु हुनेछ । गाडीमा ८ बर्ष को वारेन्टी पाइने तथा फाइनान्स र एक्सचेन्ज को सुबिधा पनि उपलब्ध रहेको ग्रुपले विज्ञप्तिमार्फत जानकारी दिएको छ । स्कुटर नेपाल भरिको मुख्य मुख्य सहर मा उपलब्ध छ ।  लेभ्निंग स्कुटर १२ ओटा फरक मोडेलमा उपलब्ध छ । कलेजका बिधार्थीदेखि  अफिसको हाकिम र कृषक तथा अपांग सबैलाई हुने खाल को प्रोडक्ट उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । लेभ्लिंग इ स्कुटर को मूल्य १ लाख १५ हजार देखि सुरु छ  स्कुटर मा २ बर्स को वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ । कसैलाई स्कुटर वा कार चाहिएमा 9802308512 /9801002987 मा कल गर्न सक्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।  कम्पनीले नेपाल भरि डेलिभरी को व्यवस्था संगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराएको जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार