अर्थमन्त्रीले घटाए दुई खर्ब बजेट

सोमबार, माघ २९, २०८०

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएर १५ खर्ब ३० अर्ब रुपैयाँमा झारेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार अर्धवार्षिक समीक्षामार्फत कुल बजेटको १२.६२ प्रतिशत (२ खर्ब २० अब रुपैयाँ) घटाएका हुन् । लक्ष्यअनुरुप आम्दानी हुने अवस्था नदेखिएकाले बजेटको आकार घटाइएको उनले जानकारी दिएका छन् । कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशत मात्रै खर्च हुने बताए ।  चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.२४ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको उनको भनाइ छ । 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
अमेरिकी डलर स्थिर  
सोमबार, माघ २९, २०८०