अधिकांश बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति ? (सूचीसहित)

सोमबार, माघ २९, २०८०

काठमाडौं । फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा ब्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.४१ प्रतिशत विन्दुले घटाएका छन् ।  एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे र हिमालयन बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने अरु १६ बैंकले ब्याजदर घटाएका छन् । 
बैंकहरुले गत साउनबाट निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति खारेज गरेसँगै विविधता देखिएको छ । बैंकहरुले आवश्यकता अनुसार ब्याजदर प्रकाशित गरेका हुन् । बढी अवधिको मुद्दति निक्षेपमा बढी र छोटो अवधिको मुद्दति निक्षेपमा कम ब्याजदर रहेको छ ।  कृषि विकास बैंकले फागुनका लागि व्यक्तिगत मुद्धतिमा ६.४ प्रतिशत ब्याजदर तोकेको छ । जबकि माघमा ७.२ प्रतिशत थियो । 
त्यस्तै, स्ट्याण्डर्ड चाटर्ड बैंकले फागुनका लागि ७.३५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । तर माघमा भने सो बैंकले ८.०७ प्रतिशत ब्याज दिएको थियो । त्यस्तै, प्राइम कमर्सियल बैंकले फागुनका लागि ७.४ प्रतिशत ब्याजदर तोकेको छ । सो बंैकले माघमा ८.१ प्रतिशत ब्याजदर दिएको थियो । 
कुन बैंकको ब्याजदर कति ? 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०९:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार