उपकुलपति छनोट प्रक्रियाबारे जानकारी लिन संसदीय समितिले बोलायो शिक्षामन्त्री

सोमबार, माघ २९, २०८०

काटमाठौं । उपकुलपति नियुक्ति प्रक्रियालगायतका विषयमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयसंग  संसदीय समितिले आज छलफल गर्ने भएको छ । बौद्धिक चोरीका आरोपित तथा भ्रष्टाचारमा मुछिएका व्यक्तिलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउन लागेको भन्दै संसदीय समितिले आज शिक्षामन्त्री अशोक राईलाई छलफलका लागि बोलाएको छ ।  प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आज ९सोमबार० बिहान ११ बजे शिक्षामन्त्री राईलाई छलफलका लािग समितिमा बोलाएको हो ।  समितिको आइतबारको बैठकमा सांसदहरूले उपकुलपतिमा भ्रष्टाचारको आरोप लागेका र बौद्धिक चोरीमा नाम मुछिएकालाई नियुक्ति गर्न लागेको भन्दै विरोध जनाएका थिए । त्यसपछि उपकुलपति छनोट प्रक्रियाबारे जानकारी लिन मन्त्रीलाई बोलाउने निर्णय समितिले गरेको हो ।  त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न ४३ जनाले आवेदन दिएका छन् । 
 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०९:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार