वनकालीमा फागुन १ गतेदेखि ज्ञानमहायज्ञ 

आइतबार, माघ २८, २०८०

काठमाडौं । महायज्ञ आयोजक मूल समितिले श्रीमद्भागवत् ज्ञानमहायज्ञ २०८० को आयोजना गर्ने भएको छ ।  आइतबार पत्रकार सम्मेलनको आयोजना गरी समितिले पशुपत क्षेत्रस्थित वनकालीमा रहेको सुमार्गी भवनमा फागुन १ गतेदेखि ९ गतेसम्म भवनमा श्रीमद्भागवत् ज्ञानमहायज्ञको आयोजना गर्न लागेको जानकारी दिएको हो ।  समितिले हालसम्म दान सहयोगबाट गुरुकुल सञ्चालन गर्दै आएको भन्दै कन्याहरूको आवास,  भौतिक संरचनाका अतिरिक्त शैक्षिक व्यवस्थापनका लागि दीगो आर्थिक स्रोत र त्यसको लागि सुदृढ अक्षयकोषको आवश्यकता परेकाले श्रीमद्भागवत् ज्ञानमहायज्ञ आयोजना गर्न लागेको जनाएको छ । 


विज्ञप्तिमा लेखिएको छ,‘हालसम्म उदारमना दाताहरूको दान सहयोग र माया ममताबाट गुरुकुल सञ्चालन भइरहेको भएता पनि कन्याहरूको आवास, भोजन र भौतिक संरचनाका अतिरिक्त शैक्षिक व्यवस्थापनका लागि दीगो आर्थिक स्रोत र त्यसको लागि सुदृढ अक्षयकोषको आवश्यकता अपरिहार्य भएको सन्दर्भमा एउटा सवल र सक्षम अक्षयकोषको संवर्द्धनार्थ यही विसं २०८० फागुन १ गतेदेखि ९ गतेसम्म पाशुपत क्षेत्रस्थित वनकालीमा रहेको सुमार्गी भवन मा श्रीमद्भागवत् ज्ञानमहायज्ञको आयोजना गरिदै छ ।’ ज्ञानमहायज्ञमा विभिन्न अनुष्ठानहरू दैनिक पूजा, रुद्राभिषेक, चण्डीयज्ञ आदि हुने साथै गुरुकुलका बालिकाहरुको शास्त्रिय प्रवचन, वाद्यवादन, गायन, नृत्यको अलौकिक प्रस्तुती दानवीर दाताहरूलाई त्यसै दिन सम्मान गरिने कार्यक्रम रहेको पनि जानकारी दिएको छ ।  समितिका अनुसार ज्ञानमहायज्ञ राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन हुनेछ । 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १९:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार