माओवादी केन्द्रको बैठक जारी

आइतबार, माघ २८, २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पाँचौ पूर्ण बैठक राष्ट्रिय सभागृहमा जारी छ ।
पार्टीको फागुन पहिलो साता सम्पन्न हुने विधान सम्मेलनको तयारी र चार महिने माओवादी रुपान्तरण अभियानको समीक्षालगायत विषयमा छलफल गर्न बैठक बसिरहेको छ । 
बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको प्रदेश इञ्चार्ज र प्रदेश अध्यक्षहरूले रिपोर्ट पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुप्पकमल दाहाल समक्ष प्रस्तुत गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 
बैठकमा केन्द्रीय सदस्यहरू, केन्द्रीय आयोगका सदस्य, विभागका पदाधिकारी र जेष्ठ कम्युनिस्ट मञ्चका सदस्यहरूलगायत सहभागी छन् । 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १३:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार