तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य 

आइतबार, माघ २८, २०८०

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ५ सय रुपैयाँले घटेर आज १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन पनि तोलामा ५ सय रुपैयाँले घटेको छ । 
आज तेजाबी सुन तोलामा १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।
यस्तै, आइतबार चाँदीको मूल्य शुक्रबारको तुलनामा स्थिर छ ।  चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार