शाहरुख र सलमानबिच ‘मेगा भिडन्त’

शनिबार, माघ २७, २०८०

मुम्बई । बलिउड निर्माता आदित्य चोपडा आफ्नो वाईआरएफ स्पाई युनिभर्सलाई अविस्मरणीय र बेजोड नाटकीय अनुभव बनाएर भारतीय फिल्मको सबैभन्दा ठूलो आइपी बनाउने तयारीमा जुटेका छन् । वाईआरएफ स्पाई युनिभर्सको सुरुवात ‘टाइगर’ फ्रेञ्चाइजीबाट भएको थियो, जसमा सलमान खान र कटरीना कैफले अभिनय गरेका थिए ।
स्पाई युनिभर्सले ‘एक था टाइगर (२०१२)’ र ‘टाइगर जिन्दा हे (२०१७)’ बाट सुरु गर्दै ‘वार (२०१९)’को सफलताले एउटा नयाँ उचाइमा पु¥यायो । त्यसपछि वाईआरएफ स्पाई युनिभर्सलाई अर्को उचाइमा पु¥याउन शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको अलटाइम ब्लकबस्टर फिल्म ‘पठान’ले सहयोग ग¥यो । जसमा सलमान खानले आफ्नो ‘टाइगर’ अवतारमा केमियो गरे ।
यसपछि स्पाई युनिभर्सको अर्को फिल्म ‘टाइगर ३’मा सलमान, कटरीना कैफ र इमरान हासमी प्रमुख भूमिकामा देखिए । अब भने आदित्य अलिक फरक ढंगले आफ्नो स्पाई युनिभर्सलाई अगाडि बढाउने तयारीमा लागि परेका छन् ।
आदित्यले वाईआरएफ स्पाई युनिभर्स फिल्मको कथा इन्टरकनेक्टिभिटीको सुरुवात ‘पठान’बाट गरे । जहाँ उनले जोनद्वारा निभाइएको खलनायक चरित्र ‘जिम’ फिल्म ‘वार’ फ्रेञ्चाइजीका ‘कविर’ चरित्र निभाउने ऋतिक रोशनसँग टिममा सँगै थिए भन्ने खुलासा गरेका थिए ।
‘पठान’मा टाइगर र पठानलाई पहिलोपटक स्क्रिनमा एकसाथ ल्याएर उनीहरु राम्रो साथी हुन् भन्ने देखाए । ‘पठान’ले पुनः ‘टाइगर ३’मा आफ्नो उपस्थिति देखायो र ऋतिकले पनि ईस्टर एग’मा आफ्नो उपस्थिति देखाउँदा ‘वार २’को आधार तयार पा¥यो । 
अब भने आदित्यले दुई साथी, टाइगर र पठानबीच ‘चरम’ द्वन्द्व गराउँदैछन् । जसले एक फिल्मको बनाउने छ र दर्शकका लागि त्यो अप्रत्याशित हुनेछ । आदित्य टाइगर भर्सेस पठानको अनुहारलाई ‘चरम द्वन्द्व’मा परिणत गराउँदै वाईआरएफ स्पाई यूनिभर्सको टाइमलाइनमा एउटा नयाँ मोड दिन जाँदैछन् ।
‘आदित्य एक यस्तो फिल्मका साथ भारतका दुई ठूला फिल्म आइकन शाहरुख खान र सलमान खानबिच ‘मेगा भिडन्त’ गराउन चाहिरहेका छन् । जुन टाइगर भर्सेस पठानबीच हिंस्रक टकरावको अग्रदुत हुनेछ । उनी एक यस्तो फिल्म बनाउँदैछन्, जसले अन्तिम प्रदर्शन अघि वाईआरएफ स्पाई यूनिवर्सलाई एकापसमा जोड्नेछ’, आदित्य निकट स्रोतले भनेको छ ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १४:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार