बढ्यो सुन चाँदीको मूल्य 

शुक्रबार, माघ २६, २०८०

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुन तोलाको १ लाख १७ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोलामा १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १५:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार