यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शुक्रबार, माघ २६, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४४ पैसा र बिक्री दर १३३ रुपैयाँ ०४ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ १९ पैसा रहेको छ ।  बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ ६५ पैसा रहेको छ ।  आज कतारी रियालको एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ०८:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार