नेप्सेमा तेस्रो दिन पनि सुधार, कारोबार रकम तीन अर्ब नाघ्यो

बिहीबार, माघ २५, २०८०

काठमाडौं । सेयर बजार कारोबारमा लगातार तेस्रो दिन पनि सुधार छ । बिहीबार नेप्से परिसूचक ५.६८ अंकले बढ्दै २०९६.३२ पुगेको छ ।  सेयर कारोबार भएका ३१७ कम्पनीमध्ये १५७ का लगानीकर्ताले कमाएका छन् । जलविद्युत उपसमूह १.४४ प्रतिशतले बढेको छ । जलविद्युतका ६७ कम्पनीको सेयर मूल्य बढेको छ । 
समाज लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । बिहीबार ९१ लाख ७१ हजार ७ सय १० किता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब २१ करोड २२ लाख पुगेको छ । 
सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिइस्योरेन्स, चन्द्रागिरि हिल्स, अपि पावर, ज्ञादी ग्रुप अफ पावर, एनआरएन इन्फ्रास्ट्रक्चर लगायत छन् । हिमालयन रिइन्स्योरेन्सको १८ करोड ८७ लाखको सेयर कारोबार भएको छ । चन्द्रागिरि हिल्सको ८ करोड ७६ लाख, अपी पावरको ७ करोड ७५ लाख, ज्ञादीको ७ करोड र एनआरएनको ६ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 
कारोबार भएकामध्ये ८२ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटाको सेयर मूल्य स्थिर रह्यो ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १८:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार