सेयर बजारमा सुधार, कारोबार रकम बढ्यो 

बिहीबार, माघ २५, २०८०

काठमाडौं । सेयर बजार कारोबारमा बुधबार सुधार छ । परिसूचक ४.९२ अंकले बढेर २०९०.६४ भएको छ ।  ३ सय १३ वटा कम्पनीको सेयर कारोबारमा १ सय ६८ का लगानीकर्ताले कमाएका छन् । दुई लघुवित्त र तीन हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेर सर्किट लागेको छ । गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर र एसियन हाइड्रोपावरको सेयरमा पोजेटिभ सर्किट लागेको हो ।
६८ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।
बुधबार ७७ लाख ३२ हजार २ सय ३४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ८४ करोड २५ लाख ५० हजार २ सय ३७ रुपैयाँ छ । सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स छ । हिमालयनको एक्लै २४ करोड ८२ लाखको सेयर कारोबार भएको छ । सेयर प्रति कित्ता अन्तिम कारोबार मूल्य ६ सय ९६ रुपैयाँ १० पैसा रह्यो । ६ करोड ६२ लाखको कारोबार भएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स दोस्रो र ६ करोड ५९ लाखको कारोबार भएको ज्ञादी ग्रुप पावर तेस्रो स्थानमा रह्यो । हाथवे इन्भेस्टमेन्टको ६ करोड ११ लाख र सोनापुर मिनरल्सको ५ करोड ८६ लाखको सेयर कारोबार भएको छ । 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ०३:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार