सदनमा कांग्रेस जिम्मेवार हुन्छ : गगन थापा

बुधबार, माघ २४, २०८०

काठमाडौं । सांसद गगन थापाले यो पटकको संसद अधिवेशनमा आफूहरुको उपस्थितिलाई थप जिम्मेवार र क्रियाशील बनाउने प्रतिबद्धता जनाएका छन् । 
प्रतिनिधिसभाको बुधबारको बैठकमा दलीय प्रतिनिधिको रुपमा बोल्दै उनले संसदको ठूलो दलको हिसाबले कांग्रेसले सरकारको अपेक्षा र आम नागरिकको संसद प्रतिको अपेक्षा पुरा गर्न भूमिका निर्वाह गर्ने बताए । 
उनले भने, ‘हामीले एउटा संकल्प गरेका छौं । यो पटकको संसद अधिवेशनमा हाम्रो उपस्थितिलाई हामी थप जिम्मेवार बनाउने छौं । आफूलाई थप क्रियाशील पनि बनाउने छौं र सरकारले संसदबाट जे कुराको अपेक्षा गरेको छ, संसदको ठूलो दलको हिसाबले हाम्रो जिम्मेवार र क्रियाशीलताले सरकारको त्यो अपेक्षा र आमनागरिकको संसद प्रतिको अपेक्षा पुरा गर्न हाम्रो भूमिका निर्वाह गर्ने छौं ।’
उनले राजनीतिक वा आर्थिक शक्तिमा आबद्ध भएकै कारण नेपालको सार्वजनिक जग्गा कसैले हडप्न खोने छुट नपाउने बताए । आमनागरिकले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगी धन्दाको मतियार कानुनी कारबाहीको दायरामा आउनु पर्दैन रु भन्दै उनले प्रश्न गरे । 
उनले भने, ‘जोसुकै होस् जतिसुकै शक्तिशाली होस् राजनीतिक शक्ति होस् कि आर्थिक शक्ति होस्, नेपालको सार्वजनिक जग्गा कसैले हडप्न खोज्छ भने सजाय पाउनु पर्दैन रु दण्ड पाउनु पर्दैन रु जुनसुकै पदमा बसेको होस् । आमनागरिकहरूले निक्षेप संकलन गरेर जम्मा गरेको पैसा ठगी धन्दाको मतियार हुन्छ भने कानुनी कारबाहीको दायरामा आउनु पर्दैन रु’
उनले संसदमा रहेका सबै राजनीतिक दलहरूले आफ्नो काम गर्ने तरिका बदल्नुपर्ने बताए । 
 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार