प्रक्रिया पूरा गरेका कम्पनीको आईपीओ निष्कासन रोक्न हुँदैनः अध्यक्ष ढकाल 

बुधबार, माघ २४, २०८०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आईपीओ निष्कासन रोक्न नहुने बताएका छन् । 
बुधबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल ९इमान०ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा ढकालले धितोपत्र बोर्डको अध्यक्ष नभएकै कारण प्रक्रिया पूरा भइसकेका कम्पनीको आईपीओ निष्कासन रोक्न नहुनेमा जोड दिए । २५ देखि ३० वटासम्म कम्पनी नियमित आईपीओमा लैजान लाइनमा रहेको भन्दै ढकालले ति कम्पनीका आईपीयो निष्कासन गर्न दिनुपर्ने बताए । 
ढकालले भने, ‘माननिय अर्थमन्त्री ज्यु करिब २५ देखि ३० वटा कम्पनीहरु जुन रेगुलर आईपीयोमा लग्नको लागि लाइनमा छन् । त्यो धेरै महिनादेखि रोकिएको छ ।  ति कम्पनीले प्रकृया पुर्याएर एउटा चिठिको लागि कुरेर बसेका छन् । प्रकृया पूरा भएको र प्रकृया पूरा गर्ने अन्तिम चरणमा पुगेका कम्पनीलाई आईपीओ निष्कासन गर्न दिनुपर्छ भन्ने कुरा निजी क्षेत्रको तर्फबाट राख्छु।’
अध्यक्ष ढकालले प्रिमियममा दिनुपर्ने र गम्भीर प्रकृतिका बाहेक प्रक्रिया पूरा गरिसकेका कम्पनीका आईपीओ निष्कासन गर्न दिनुपर्ने बताए हुन्। बोर्डको अध्यक्षको कारणले प्रकृया पुर्याएका कम्पनीलाई रोक्न नहुनेमा उनले जोड दिए ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १४:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार