आज अमेरिकी डलर र रियालको भाउ स्थिर, अरुको विनिमय दर कस्को कति ? 

बुधबार, माघ २४, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २० पैसा रहेको छ । डलर मंगलबारको तुलनामा आज स्थिर छ ।  बुधबार युरो एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ९८ पैसा पुगेको छ ।  यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्री दर १६७ रुपैयाँ १४ पैसा रहेको छ ।  मंगलबार पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९२ पैसा र बिक्री दर १६७ रुपैयाँ ६८ पैसा तोकिएको थियो ।  आज कतारी रियाल पनि मंगलबारको तुलनामा स्थिर छ । रियाल आज एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसामा कारोबार गर्न सकिने छ । 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ०८:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार